प्लस टु पास विद्यार्थीले अब केमा भर्ना पाउँछन् ? यस्तो छ मापदण्ड

पहिलो पटक कक्षा १२ को नतिजा लेटर ग्रेडिङमा सार्वजनिक भएपछि विश्वविद्यालयले भर्नाको मापदण्ड तयार गरेको छ। त्रिभुवन विश्वविद्यालयमा विभिन्न संकाय र संस्थानले छुट्टाछुट्टै मापदण्ड तयार गरेका छन । अधिकांश संकायले साधारण विषयमा विषयमा डि प्लस र प्राविधिक विषयमा सी र सी प्लस ग्रेड ल्याएको हुनु पर्ने मापदण्ड तोकेका छन्।

एउटै संकायमा पनि विषयअनुसार आवश्यक न्यूनतम ग्रेड फरक छ।

यस्तो त मापदण्ड

मानविकी संकायः विसिएका लागि सी र अन्य अन्य सबैमा डी प्लस
व्यवस्थापन संकायः बिबिएसलाई डी प्लस र अरु सबैमा न्यूनतम सी
विज्ञान अध्ययान संस्थानः बिएस्सीमा न्यूनतम सी र अन्यमा सी प्लस
शिक्षाशास्त्र संकायः डी प्लस ल्याउने अबैलाई अबसर
कानुन संकायः सोमबार निर्णय हुँदै, न्यूनतम डी प्लस राख्ने तयारी
इन्जिनियरिङः सबै विषयमा न्यूनतम सी

आजको नयाँ पत्रिका दैनिकमा भवानीश्वर गौतमले यो खबर लेखेका छन्।


प्रतिक्रिया दिनुहोस्