हिलो मिसिएको धमिलो पानी पिउँदै उपत्यकावासी काठमडौं उपत्यका खानेपानी लिमिटेड केयुरकेएल को लापरबाहीले उपत्यकावासीले हिलो मिसिएको धमिलो पानी पिउन बाध्य छन् । केयुरकेएल महाँकाल र सुन्दरीजल प्रसोधन शाखाले पानी नथिग्राईकन सोझै जनताको घरघरमा पानी पठाउँदा धमिलो पानी उपयोग गरिरहेका छन् । हिलो मिसिएको धमिलो पानी मानव स्वास्थ्यको लागि निकै हानिकारक रहेको चिकित्सकले बताए पनि गोकर्णेश्वर नगरपालिकासहितका उपत्यकावासीले धमिलो तथा हिलो मिसिएको पानी उपयोग गरिरहेका छन् ।, आजको नागरिक दैनिकमा योसमाचार छापिएको छ ।