बर्षेनी १६ सय चेलीको उद्धार,मुख्य गिरोह नेपाली दलालले नै प्रकाशित मिति : 5 August, 2018 8:15 am नेपाल प्रहरीका प्रवत्ता शैलेस थापाका अनुसार वर्षमा १६ सय भन्दा बढी चेलीको उद्धार हुने गरेको छ । हाम्रो प्रत्येक सिमा नाकामा हेल्प डेस्क छन् । शंकास्पद देखिए हामीले जो कोहीलाई पक्रउ गछौं । प्रयेक वर्ष १६ सय भन्दा धेरै नेपाली उद्धार गरेका छौं उनले भने । नेपाल सरकारको अनुरोधमा भारतले वनारसको बाबतपुर विमानस्थलबाट खाडी देशमा नेपाली नागरिक जान रोक लगाएको छ । उद्धार गरिएका मध्ये सबैजसोले तेस्रो देश जान नेपाली दलालले दिल्ली पु(याएको बयान दिएका छन् । उनीहरू सुनौली, नेपालगन्जस्थित सीमाबाट दिल्ली पुगेका थिए । ‘एक हप्ताकै बीचमा ७१ जना नेपाली युवती दिल्लीमा फेला पर्नुको कारण देशभित्रै खोज्नुपर्छ, हाम्रो सीमा प्रशासनलाई प्रभावकारी बनाउनुपर्ने अवस्था देखियो,’ नेपाली दूतावासका प्रवक्ता ओडारीले टेलिफोनमा नयाँ पत्रिकासँग भने । पछिल्ला २ वर्षमा वनारसबाट सयौँ नेपाली महिला साउदी लगिएका छन् ।,यो खबर आजको नयाँ पत्रिकामा छ ।