तेह्रथुममा २५ हजार घु्स सहित मालपोत प्रमुख पक्राउ प्रकाशित मिति : 4 August, 2018 9:26 am तेह्रथुम / आठराई गाँउपालिकाको केन्द्र संक्रान्ति बजारस्थित मालपोत कार्यालयका निमित्त प्रमुख शंकर प्रसाद दाहाल २५ हजार घुुस सहित पक्राउ परेका छन् । उनलाई अख्तियारको टोलीले शुक्रबार दिउँसो साढे १ बजे सेवाग्राहीबाट घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट आएको प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डे नेतृत्वको टोलीले दाहाललाई उनकै कार्यकक्षबाट घुस रकम सहित नियन्त्रणमा लिएको हो । अख्तियारको टोलीले दाहाललाई नियन्त्रमा लिएर इटहरी फर्किएको इलाका प्रहरी कार्यालय संक्र्रान्ति बजारका सई देवराज काफ्लेले बताए । मालपोत कार्यालयको निमित्त प्रमुखका रुपमा कार्यरत दाहाल नायव सुब्बा हुन् । उनलाई जग्गा रजिस्ट्रेशनमा सेवाग्राहीबाट घुुुस लिँदै गर्दा पक्राउ गरिएको हो ।, आजको नयाँ पत्रिकाको २ पृष्ठमा यो समाचार छापिएको छ ।