भत्केको नहर ठेकेदारले नै बनाउने हो : सरकार प्रकाशित मिति : 4 August, 2018 6:54 am परीक्षणका क्रमम भत्किएको सिक्टा सिँचाइ आयोजनको मूल नहर बनाउने दायित्व ठेकेदार कम्पनीकै भएको सरकारले स्पष्ट पारेको छ । ठेकेदार कम्पनीले भत्केको नहर बनाउने दायित्व आफ्नो नभएको दाबी गरिरहेका बेला सरकारका तर्फबाट औपचारिक धारणा सार्वजनिक भएको हो । सिटिसिई कालिका कन्स्ट्रक्सनले निर्माण गरेको आयोजनाको मूल नहर पटक पटक भत्किएको छ । आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।