एक हजार ५० लाभग्राही थपिए

भक्तपुर, / राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गरेको पुनःजाँच एवं सर्वेक्षणबाट भक्तपुरमा लाभग्राही सूचीमा एक हजार ५० लाभग्राहीको नाम थप भएर आएको छ ।

लाभग्राहीको सूचीमा नपरेका र वास्तविक भूकम्पपीडित नछुटुन् भनेर प्राधिकरणले गुनासो फारमका आधारमा पुनःजाँच एवं सर्वेक्षण गराउँदा थपिएको नाम सहित अब जिल्लामा २८ हजार ३०२ लाभग्राही संख्या पुगेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार ९ जीएमएएल आई भक्तपुरका प्रमुख ध्रुव गंडाले भक्तपुरमा २७ हजार ६४४ लाभग्राही रहेकोमा जिल्लाको चारै नगरपालिकामा प्राविधिक टोलीले २०७४ भदौ छुट पुनःजाँच एवं सर्वेक्षण गर्दा ६५८ र प्रवलीकरणमा ३९२ गरी एक हजार ५० लाभग्राही थपिएको बताउनुभयो ।

लाभग्राहीमा नाम थप भएकामध्ये भक्तपुर नगरपालिकामा १३७, सूर्यविनायकमा २०४, मध्यपुर थिमिमा ३३ र चाँगुनारायणमा २८७, लाभग्राहीको नाम छुट सर्भे तथा पुनःजाँचबाट थपिएको हो । प्राधिकरणले भने २३ हजार ५६६ लाभग्राहीले पुनःनिर्माणका लागि अनुदान सम्झौता गरेर अनुदानको पहिलो किस्ता लगेका छन् । त्यसको दाँजोमा दोस्रो किस्ता लानेमा चार हजार ३३८ र तेस्रो किस्ता लानेमा तीन हजार ७२९ लाभग्राही छन् ।


प्रतिक्रिया दिनुहोस्