अवैध रुपमा टर्की हुँदै ग्रिस हिँडेका एक नेपाली घाना जंगलबाट बेपत्ता

काठमाण्डौं / ग्रिस पुगेका एक नेपालीका अनुसार अवैध रुपमा टर्की आउने र त्यहाँबाट मानव तस्करलाई लाखौँ रुपैयाँ बुझाएर ग्रिस छिर्नेले ११ देखि १५ लाख रुपैयाँसम्म खर्चिएका हुन्छन् । तर त्यति धेरै पैसा खर्चेर पनि भनेजस्तो काम पाउँदैनन् ।

टर्कीबाट अवैध रुपमा ग्रिस पुगेका ईलामका मोती गूरुङको अनुसार घाना जंगलमा सात दिनसम्म भोकप्यास नभनी हिँडियो, मरेर बाँचिएको अनुभव सुनउछन् । टर्कीबाट उनीसँगै हिडेका नवलपरासी, कावासोतीका नवीन तिवारी सात महिनादेखि सम्पर्कविहिन छन् ।

सँगै गएका तिवारी कहाँ छन्, गुरुङलाई पनि थाहा छैन । नवीन बाटैमा विरामी परेको र रेल ट्रयाकसम्म सँगै रहेको मोतिलाई सम्झना छ । त्यसपछि नवीन छुटेको उनी बताउँछन् । मोतीका अनुसार कैयन् दिनसम्म भोकैप्यास माईनस डिग्री चिसोमा हिँड्दा नवीनको घाँटीमा समस्या आएको थियो । आजको कान्तिपुर दैनिकमा छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्