किन हिँडयो सरोज ? ७ दिनको शिशु झोलामा हालेर ।

धादिङ /  शिशुलाई झोलामा राखेर बसमा जाँदै गरेका एक युवकलाई खानीखोला प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंबाट गोरखा जाँदै गरेको बा ३ ख ७४८२ नम्बरको यात्रुबसमा प्लाष्टिक झोलामा सिक्री लगाएर लुकाएको ७ दिने शिशु प्रहरीले फेला पारेको थियो ।

शिशु झोलामा हालेर लैजाने उनैका बावु सरोज तामाङ हुन् । धादिङको गंगाजमुना १ रिगाउँका सरोजले लुकाएर राखेको झोलाभित्र बालक रोएपछि सहचालकले प्रहरीलाई खबर गरेका थिए ।आजको कान्तिपुरको दैनिकमा यो समाचार प्रकाशित गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्