बोनस सेयर जारी गरी पुँजी बढाउँदै आयल निगम काठमाडौं / नेपाल आयल निगमले बोनस सेयर जारी गरेर चुक्ता पुँजी बढाउन लागेको छ । शुक्रबार हुने निगमको ३६ औं वार्षिक साधारणसभामा यो प्रस्ताव पारित गर्दै बोनस सेयर जारी गर्न लागिएको हो । गतवर्ष निगमले सेयर होल्डरलाई ५० प्रतिशत लाभांस वितरण गरेको थियो । वार्षिक १ खर्ब भन्दा बढीको कारोबार गर्ने कम्पनीको चुक्ता पुँजी ज्यादै न्यून भएपछि यसलाई बृद्धि गर्न विभिन्न बोनस सेयर जारी गर्न लागिएको निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए ।, आजको कारोबारमा यो समाचार छापिएको छ ।