दशैं उपहारमा मेलम्ची ‘असम्भव’ काठमाडौं / ठेकेदारले मुख्य संरचना सुरुङमार्ग फाइनल फिनिसिङ ९ढलान०को कामलाई एकरुपता दिन नसक्दा आगामी असोजमा मेलम्ची पानी पाउने उपत्यकावासीको दुई दशक लामो सपना धकेलिने सम्भावना बढेर गएको छ । गएको चैत अन्तिम साता २६ किलोमिटर लामो मुहानस्थल आम्बाथान(सुन्दरीजल सुरुङमार्ग ब्रेक थ्रु भए (छेडिए) पछि उत्साही सरकारले आगामी दशैं उपहारमा मेलम्ची पानी खुवाउने बाचा गरेको थियो । तीन महिनामा सक्ने लक्ष्यसाथ थालिएको ढलान सो समयमा एक तिहाइ पनि नसकिएपछि मेलम्ची भाखा फेरि सर्ने देखिएको हो ।, आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।