ओजिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासलिए ,जित्दा म जर्मन भएँ,हार्दा आप्रवासी ,जर्मनको जर्सी नलाउने प्रकाशित मिति : 23 July, 2018 9:11 pm बर्लिन, / जर्मनीका मिडफिल्डर मेसट ओजिलले टिममा खेल्दा ‘रंगभेदको आरोप लगाउँदै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् । मेसट ओजिल टर्कीस मूलका जर्मन खेलाडी हुन । मेसटले सन् २०१४ मा जर्मनीले विश्वकप जित्दा निकै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यतिखेर आफ्नो प्रशंसा भएको तर अहिले भने जाती र नश्लको कुरा उठाएको भन्दै उनले दुखेसो व्यक्त गरेका छन् । २९ वर्षीय मेसटले गत मई महिना लण्डनमा टर्किस राष्ट्रपति रिकेप ताय्यीपसँग तस्वीर खिचाएपछि उनको आलोचना भएको थियो । विश्वकपमा जर्मनीको निराशाजनक प्रदर्शनपछि घृणा व्यक्त गरिएका इमेल र धम्की पाएको मेसटले जनाएका छन् । “हामीले जित्दा म जर्मन भएँ तर हार्दा भने म आप्रवासी ठानिएको छ । जर्मन फुटबल टीमका प्रमुखले भने अहिलेसम्म ओजिजको दावीमाथि कुनै प्रतिक्रिया दिएका छैनन् । यद्यपी जर्मन चान्सलर एन्जेला मार्कलले भने उनको निर्णयको सम्मान गरेको उनका प्रवक्ताले सोमबार जनाएका छन् । ओजिज सन् २०१४ देखि जर्मनका तर्फबाट विश्वकप खेल्दै आएका छन् ।उनका प्रशंशकहरुले उनलाई सन् २०११ देखि राष्ट्रिय टीमका लागि भोट गर्दै आएका थिए । विश्वकपमा भने जर्मनी रुससँग हारसँगै बाहिरिएको थियो । ओजिजले अब जर्मन राष्ट्रिय टीमको टीशर्ट समेत नलगाउने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा लामो दुखेसो पोखेका ओजिजले जर्मनीहरुका लागि मेरो कुनै महत्व नभएको बताएका छन् । जर्मनीमा आप्रवासीहरुमाथि हुने व्यवहारले विवाद निम्त्याउँदै आएको छ । ओजिजको नियती भोग्ने थुप्रै अन्य आप्रवासी रहेका छन् । जर्मनीलाई कर तिर्दा र उनीहरुको फाइदा हुँदा सम्म राष्ट्रियताको प्रश्न नउठने तर उनीहरुलाई फाइदा नहुँदा भने त्यही कुराले आलोचना गरिने विषयले अहिले चर्चा पाएको छ ।