डा. केसीका माग जायज : प्रचण्ड प्रकाशित मिति : 20 July, 2018 10:15 am काठमाडौँ / चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसीका माग जायज रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले बताएका छन् । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले केसीका माग सम्बोधन गर्न नसकिने सार्वजनिक अभिव्यक्ति दिईरहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले डा। केसीका माग जायज भएको बताएका हुन् । “डा. केसीले उठाएका माग जायज छन् तर, यी विषय वैज्ञानिक ढंगले समाधान गर्नुपर्छ ।” दाहाललाई उद्धृत गर्दै उनका प्रेस सहयोगी विष्णु सापकोटाले भने । माग जायज भए पनि मुलुकमा सांसद भएकाले त्यहाँबाट टुंग्याउनुपर्ने विषयलाई चुनौती दिन भने नहुने दाहालको भनाई छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।