५ सय रुपैयाँले घट्यो सुनको भाउ
काठमाडौ / सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ ।
बुधबार सुन ५६ हजार ५०० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । तेजावी सुन ५६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला ७४५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको हो ।