आजदेखि जिल्लाका यी कार्यालय खारेज साउन १, २०७५ , संघअन्तर्गत रहेका अधिकांश जिल्ला कार्यालय आज ९मंगलबार०देखि खारेज हुँदै छन् । संघीयता कार्यान्वयनका क्रममा संघअन्तर्गतका सेवाप्रदायक कार्यालयहरू खारेज भएर स्थानीय तहमा हस्तान्तरण भएका हुन् । सरकारले १ साउनदेखि लागू हुने गरी खारेज हुने जिल्ला कार्यालयको सूची सार्वजनिक गरेको थियो । सरकारको त्यही निर्णयअनुसार खारेज गरिएका १८ जिल्ला कार्यालयको सेवा–सुविधा स्थानीय तहमा हस्तान्तरण भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बताए । खारेज भएका कार्यालय (जिल्ला शिक्षा कार्यालय – जिल्ला जनस्वास्थ्य कार्यालय – जिल्ला कृषि विकास कार्यालय – जिल्ला पशुसेवा कार्यालय (जिल्ला प्राविधिक कार्यालय – जिल्ला वन कार्यालय (जिल्ला बाल कल्याण समिति – शान्ति समिति (जिल्ला सहकारी कार्यालय (भू–संरक्षण कार्यालय (घरेलु तथा साना उद्योग – महिला तथा बालबालिका कार्यालय – जिल्ला वन कार्यालय – जिल्ला अस्पताल – जिल्ला सिँचाइ कार्यालय (जिल्ला खानेपानी कार्यालय – सहरी विकास डिभिजन कार्यालय (जिल्ला खेलकुद विकास समिति ,आजको नयाँ पत्रिकामा यो खबर प्रकाशित गरिएको छ ।