राजधानीबारे प्रदेशसभामा छलफल गर्न उच्च अदालतद्धारा रोक प्रकाशित मिति : 14 July, 2018 7:10 am असार ३०, मकवानपुर/ ( उच्च अदालत इजलास हेटौंडाले प्रदेश नम्बर ३ को स्थायी राजधानीबारे प्रदेशसभामा छलफल गर्न रोक लगाएको छ । उच्च अदालत हेटौंडाका न्ययायाधीश चिन्तामणी बरालको इजलासले बिहीबार यस्तो आदेश दिएको हो । हेटौंडाका अधिवक्ता ध्रुवप्रसाद चौलागाईंले नेपाल सरकार ३ नम्बर प्रदेश कर्यालय एवं मुख्यमन्त्री डोरमणी पौडेललाई समेत विपक्षी बनाई पेस गरेको रिट निवेदमाथि सुनुवाइ गर्दै उच्च अदालतले अर्को आदेश नभएसम्म राजधानीको विषयमा बहस नगर्न आदेश जारी गरेको हो । आजको नागरिक दैनिकमा समाचार प्रकाशित गरिएको छ ।