सुन तस्करी प्रकरणः यूएईबाट सूचना लिन कूटनीतिक तथा कानुनी अडचन

काठमाडौं – अन्तरदेशीय संगठित सुन तस्करीबारे संयुक्त अरब इमिरेट्स (यूएई) बाट सूचना लिन देखिएको छ । तस्करीबारे छानबिन गरिरहेको उच्चस्तरीय विशेष समितिले यूएईबाट सहजै सूचना लिन नसक्ने देखिएको हो । यूएई सरकारले द्विपक्षीय पारस्परिक कानुनी सहायता (एमएलए) सम्बन्धी सम्झौता गरेपछि मात्रै त्यस्तो सूचना दिन सहज हुने जनाउ दिएपछि तस्करी गिरोहको पहिचान गर्न कठिन हुने देखिएको छ ।

स्रोतका अनुसार समितिले यूएई सरकारसँगै समन्वय गरेर त्यहाँबाट नेपालीले किनेको सुनको विवरण र त्यसमा संलग्नहरूको तथ्य संकलन गर्ने प्रयत्न गरेको थियो । यसबारे समितिले परराष्ट्र मन्त्रालयका अधिकारीसँग समन्वय प्रयास थालेको थियो ।  समितिले चासो लिएपछि परराष्ट्रका केही उच्च अधिकारीले काठमाडौंस्थित यूएई दूतावासमार्फत अनौपचारिक प्रयास थालेको स्रोतले बताएको छ । आजको कान्तिपुरमा समाचार प्रकाशित गरिएको छ , ।

 


प्रतिक्रिया दिनुहोस्