१३ वर्षमै आमा, छोरी जन्माएपछि घर निकाला प्रकाशित मिति : 15 May, 2018 8:36 am १२ वर्षको उमेरमा बिहे गरेर १३ वर्षमा छोरी जन्माएकी एक किशोरीलाई परिवारका सदस्यले घर निकाला गरेको खबर आज नयाँ पत्रिका दैनिकले छापेको छ । सिरहा गोलबजारकी ममता मरिकलाई परिवारले यसरी घरबाट निकाल्दा उनको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । समाचार अनुसार सप्तरीको गढीगाउँपालिका ७ का गुमन मरिककी छोरी ममताको एक वर्षअघि सिरहा गोलबजार घर भएका २७ वर्षीय प्रकाश मरिकसँग विवाह भएकोमा १ महिनाअघि छोरीलाई जन्म दिएकी थिइन् । आजकोनयाँ पत्रिकामा प्रकाशित छ ।