बर्सेनि मर्छन् २/४ जना यार्सा टिप्नेहरु

चैनपुर / बहुमूल्य बुटी यार्सागुम्बा टिप्ने सिजनको सुरुवातमै यस बर्ष जिल्लाको साइपाल गाउँपालिका ३ का २० बर्षीय भीमबहादुर बोहराको हिमाली क्षेत्र फरालखेतमा हिउँले पुरिएर यसै साता मृत्यु भयो । यसपालि मर्नेमा उनी पहिलो हुन् ।

आठ नौ बर्षको उमेरमा अभिभावकहरुसँग यार्सा टिप्न गइरहने बोहरा यार्सा पाइने ठाउँमा हेरफेर गर्न जाँदा हिमपहिरोले पुरिएपछि मृत्यु भएको हो ।
घरको एक्लो छोराको मृत्यु भएपछि परिवार शोकाकुल छ ।

यार्सा टिप्ने सिजनमा बर्सेनि २/४ जनाको ज्यान जानु यहाँका मानिसका लागि समान्य नै भइसकेको छ । आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्