एकताको वैचारिक रसायन – राजेन्द्र किराती प्रकाशित मिति : 23 April, 2018 7:41 am – राजेन्द्र किराती वैशाख, १० / एमाले–माओवादी केन्द्र विचको एकता गर्ने तयारी थियो । एकताको प्रसङले राष्ट्रिय राजनीतिमा व्यापक तरङ्ग पैद ग¥यो । यसले सवैको ध्यान केन्द्रीत ग¥यो । यद्यपि हाल एकता केही दिन पर धकेलिएकोछ । वास्तवमा एकता जस्तो जटील विषय रातारात हुने विषय पनि थिएन । यद्यपि नेत्रृत्व विच चरण चरणमा सामुहिक र वान टु वान वार्ताहरु भइरहेकोछ । यसलाई जसरी पनि टुङ्ग्याउने सवालमा नेत्रृत्व पङक्ती लागि रहेकोछ । नेपाली कम्युनिष्ट आन्दोलनमा टुट्फुट र विग्रहको श्रृङ्खला नयाँ विषय होइन । यसको तितो अनुभव र पीडा हामीले नराम्ररी खेपेकाछौं । झण्डै सात दशक लामो इतिहासमा धेरै घुम्ती र आरोह–अवरोह भोगेकाछौं । सामन्यतय एकता भन्नु वित्तीकै सही र फुट भन्नु वित्तीकै गलत अर्थ लगाउने परम्पराछ । तर सवै एकता सही र सवै फुट गलत हुँदैन । मुलतः एकता र फुटको उद्देश्य र हितमा अन्तरनिहीत प्रगतिशील र न्यायिक राजनैतिक अन्तरवस्तुमा यसको दूरगामी प्रभाव अन्तरनिहीत हुन्छ । एकता किन र कसको लागि भन्ने प्रश्न भित्र यसको औचित्य लुकेको हुन्छ । यो एकताको सार्वभौमिक द्वन्दवाद हो । वस्तुतः विद्यमान अन्तरविरोधहरु हल गर्दै समाज रुपान्तरण गर्ने महान ऐतिहासिक प्रक्रियामा आधारित एकता अपरिहार्य र सत्य हो । तर टालटुले र प्राविधिक एकता भ्रम हो । वास्तवमा कसैलाई रहर लाग्दैमा एकता र झोंक चल्दैमा फुट हुँदैन । यद्यपि नेपालमा व्यक्तिगत र गुटगत स्वार्थमा पनि एकता र फुट हुँदैआएकोछ । तर साँचो एकता र फुट त सङ्घर्षपुर्ण इतिहासको निर्मम आवश्यक्तामा हुनेगर्दछ । परिणामविहीन चक्रव्यूहमा फसेको राष्ट्रिय राजनीतिक कोर्सलाई परिवर्तनको दिशा तर्फ फड्को मार्ने वा गति पैदा गर्ने मूल्यमा एकता वा फुट जायज हुन्छ । माओवादी र एमाले विचको एकता पनि यही मुल्यमा हुनु जरुरीछ । यस आलेखमा एकताका मुलभूत प्रस्थापनाहरुको सन्दर्भमा चर्चा गरिएकोछ । (क) मार्गदर्शक सिद्धान्तः मुलतः मालेमावादनै कम्युनिष्ट पार्टीको मार्गदर्शक सिद्धान्त हो । यसले मानव समाजको विकास प्रक्रियालाई ऐतिहासिक द्वन्दात्मक भौतिकवादी दृष्ट्रिकोणवाट व्याख्या र विश्लेषण गर्दछ । माक्र्सवादी दार्शनिक प्रस्थापनाले समाज रुपान्तरणको लागि गरिएको सङ्घर्षलाई ऐतिहासिक भौतिकवादी प्रक्रियाकोरुपमा ग्रहण गर्दछ । हरेक भौतिक सत्ताहरुको अस्तित्व विपरितहरुको एकत्वमा निर्भर हुन्छ । यही सत्ताहरुको एकता, द्वन्द र पुन रुपान्तरण सहितको एकताको निरन्तर प्रक्रियाबाटनै वस्तुको चरित्र वदलीने गर्दछ । माक्र्सवादले मानव समाजलाई विपरितहरुको एकत्वको रुपमा स्वीकार गर्दछ । यसले अन्तरविरोधहरु कै कारण समाजमा द्वन्द हुने सार्वभौमिकताको वकालत गर्दछ । माक्र्सले यसलाई दार्शनिक भाषामा वर्गसङ्घर्ष भनेर परिभाषित गर्नुभयो । यो समाज रुपान्तरण गर्ने सार्वभौम सङ्घर्षको विज्ञान पनि हो । त्यसैले कम्युनिष्ट पार्टी विचको एकता पथप्रदर्शक सिद्धान्तमा स्पष्ट भएर गर्नुपर्दछ । यो तात्कालिक र कसैको निहीत स्वार्थ वरीपरी हतार, लहड र झोंकमा गर्ने विषय हुँदैहोइन । वास्तवमा वैचारिक रसायन मिलेन भने एकताको जडान कम्जोर हुन्छ । किनकी यसको जोड्ने कडी वा केमिकल नै माक्र्सवादी विचार हो । विचारधारात्मक रसायन मिलेन भने त्यो कस्मेटिक वा वनावटी एकता मात्र हुनपुग्दछ । यस्तो एकता टिकाउ, सार्थक वा परिणाममुखी हुँदैन साथसाथै रणनैतिक लक्ष्यमा पनि पुग्न सकिन्न । कम्युनिष्ट पार्टीमा हुनुपर्ने रसायन भनेकै माक्र्सवादी पथप्रदर्शक सिद्धान्त हो । त्यसैले सैद्धान्तिक–वैचारिक रसायन मिलाएर नै माओवादी–एमाले विच एकता गर्नु वस्तुवादी हुन्छ । (ख) कार्यक्रम र कार्यदिशाः २१ औ शताव्दीको जनवाद माओवादी कार्यक्रम हो भने वहुदलीय जनवाद एमाले कार्यक्रम हो । कार्यक्रम र कार्यदिशा सही र गलत विन्याशले दुरगामी महत्व राख्दछ । रणनैतिक लक्ष्य प्राप्तीको मुल आधार वा कडी नै सही कार्यदिशा किटानमा निर्भर हुन्छ । यो ख्याल–ठट्टा, भावना, प्राविधिक र टिपनटापन विषय मात्र होइन । तर अर्को विचारणीय पक्ष हाम्रो कार्यदिशाले न्यूनतमरुपमाः माक्र्सवादी प्रस्थापनाको सेवा गर्नु अनिवार्य हुन्छ । माक्र्सवादी मार्गदर्शक सिद्धान्तको गुरुत्वकेन्द्र भन्दा वाहीर विन्याश गरिएको कार्यदिशा वा कार्यक्रमको रणनैतिक औचित्य हुँदैन । हाम्रो वाँकी कार्यभार पुरा गर्न सक्दैन । वस्तुतः आज हामी सही कार्यदिशा र कार्यक्रम विकास गर्नुपर्ने जटील विश्व अर्थराजनीतिक परिवेशमाछौं । विश्व कम्युनिष्ट आन्दोलन नितान्त रक्षात्मक रहेकोछ । यसको भविष्य र जीवन नै अवको वस्तुवादी र वैज्ञानिक कार्यदिशा किटानमा निर्भर देखिन्छ । अर्थात युग सापेक्ष कार्यदिशा विकास नगरी कम्युनिष्ट आन्दोलन सफलतामा पुग्ने संभावना कमछ । सारतः रणनीतिको सेवा, वकालत र समर्थन गर्ने कार्यदिशा मात्र सही हुन्छ । हाम्रो रणनैतिक मिशन प्रगतिशील पुँजीवादी जनवाद, वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्म हो । यो रणनीतिलाई सम्वोधन गर्ने वैज्ञानिक र वस्तुवादी कार्यदिशा विकास गर्नु आजको अपरिहार्य आवश्यक्ता हो । यो तेरो मेरो भनेर दावी गर्ने विषय हुँदैहोइन । भन्नुको मतलव आगामी ऐतिहासिक कार्यभार पुरा गर्न २१ औं शताव्दीको जनवाद र जवज आफैमा पूर्ण छैन । यसवारे खुल्ला र स्पष्ट वहस गर्न जरुरीछ । हामी कम्युनिष्टहरु समाज रुपान्तरणको ऐतिहासिक प्रक्रियामाछौं । आजको लोकतान्त्रिक गणतन्त्र पनि हाम्रो कार्यनीतिक खुटकीलो वा प्रक्रिया मात्र हो । राजनीतिलाई यसरी व्याख्या गर्दा अवको कार्यदिशा २१औं शदीको जनवाद र जवज मात्र अपर्याप्त हुनसक्छ । यसलाई समृद्ध गर्नैपर्दछ । त्यसैले दुवै कार्यक्रमलाई समृद्ध तुल्याउदै एकतामा जानु वस्तुपरक हुन्छ । (ग) नेत्रृत्वः माक्र्सवादी पथप्रदर्शक सिद्धान्तद्वारा निर्देशित कार्यक्रमलाई कार्यान्वयन गर्ने मुख्य पक्ष नेत्रृत्व पनि हो । तात्कालिक कार्यक्रम र रणनैतिक उद्देश्यमा नेत्रृत्व स्पष्ट र प्रतिवद्ध हुनुपर्दछ । नेत्रृत्व भनेको व्यक्ति मात्र नभएर, विचार श्रृङ्खलाहरुको केन्द्रीकृत अभिव्यक्ति हो । अर्थात सार्वभौमतः विचार र नेत्रृत्व विचको रसायन मिल्नुपर्दछ । नियमतः जसको विचार उसैको नेत्रृत्व सही हुन्छ । अन्यथा विचार एकातिर नेत्रृत्व अर्कोतिर हुनपुग्दछ । यसले कम्युनिष्ट आन्दोलनलाई झनै गोलचक्करमा फसाउँछ । त्यसैले आन्दोलनको उद्देश्य, लक्ष्य वा रणनैतिक मिशनमा स्पष्ट नेत्रृत्व जरुरी हुन्छ । संवैधानिक राजतन्त्र, लोकतन्त्र, गणतन्त्र, जनवाद र समाजवाद जेलाई पनि सही ठान्ने र त्यसैमा रुम्मलिने नेत्रृत्वले कम्युनिष्ट आन्दोलनको सहीढंगले विट मार्न सक्दैन । नेत्रृत्वले समाज विकासको हरेक चरणहरुलाई कार्यनीतिक तथा अस्थायी चरण स्वीकार गर्दै वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्मको लामो ऐतिहासिक राजनैतिक प्रक्रियाको रुपमा वुझ्ने, व्याख्या गर्ने र वदल्ने हैसियत राख्नुपर्दछ । अर्थात नेत्रृत्वको सवाल सिंगो रणनैतिक आन्दोलनसँग जोडिएको हुँदा राष्ट्रिय राजनीतिमा स्थापित परिवर्तनकारी एजेण्डाहरुलाई आत्मसात गर्ने नेत्रृत्व विन्याश गर्नु वस्तुवादी हुन्छ । (घ) सङ्गठनः माक्र्सवादी पथप्रदर्शक सिद्धान्तद्वारा निर्देशित कार्यदिशालाई कार्यान्वयन गर्न सङ्गठन अपरिहार्य हुन्छ । सङ्गठनको निर्माण पनि रणनैतिक लक्ष्य र उद्देश्य अनुरुप हुनुपर्दछ । हाम्रो उद्देश्य वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्म हो भने सङ्गठन पनि सोही मुल्यमान्यतामा आधारित हुनुपर्दछ । अर्थात उनीहरुको स्कूलीङ, ढाँचा र कार्यशैली र कार्यपद्यतिहरु एवंरुपमा गठन गर्नुपर्दछ । सङगठनात्मक सिद्धान्त, स्वरुप, पद्यति र प्रक्रिया पनि माक्र्सवादी पथप्रदर्शक सिद्धान्तलाई सहयोगी हुने ढंगले निर्माण गर्नुपर्दछ । यसको लागि कम्युनिष्ट पार्टीले जनवादी केन्द्रीयतामा आधारित लेनीनवादी सङ्गठनात्मक सिद्धान्त अपनाउनु पर्दछ । त्यसैले आज एकता प्रक्रियामा साङ्गठानिक व्यवस्थापन निकै पेचिलो देखिन्छ । यसमा को र कुन गुटको नेता वा कार्यकर्ताहरु कता पर्छ भन्ने कुरा मुख्य होइन । उनीहरुको व्यवस्थापन सहायक पक्ष हो । अव वन्ने सङ्गठनात्मक सिद्धान्तले कम्युनिष्ट आन्दोलनको वाँकी कार्यभार पुरा गर्ने हैसियत राख्छ कि राख्दैन भन्ने विषय प्रधान हो । यसमा आफु र आफ्नो गुट भन्दा माथि उठेको व्यापक वुझाई, फराकिलो चिन्तन र सोंच जरुरी हुन्छ । तर एकताको उद्देश्य भने वैज्ञानिक समाजवाद र साम्यवादसम्म पुग्ने रणनीतिमा आधारित हुनुपर्दछ । औसत संसदीय राजनीतिमा भने प्राविधिक पक्षहरुको व्यवस्थापन मार्फत पनि एकता हुन्छ । त्यसैले अवको साङ्गठानिक स्वरुप रणनैतिक लक्ष्य र उद्देश्यवाट निर्देशित हुन जरुरीछ । तसर्थ, सिद्धान्त, विचार, कार्यक्रम, कार्यदिशा, नेत्रृत्व र सङ्गठन नै एकताको मुख्य आधारहरु हुन् । कसैले प्राविधिक, व्यवहारिक र टालटुले ढंगले सोंच्छ भने त्यसले कम्युनिष्ट आन्दोलनलाई रणनैतिक विन्दुमा पु¥याउदैन । वरु झनै भद्रगोल र अस्तव्यस्त वनाउँछ । यसले संसदमा ठूलो दल, सरकारको नेत्रृत्व र एकाध सय नेता–कार्यकताहरुको व्यवस्थापन त गर्ला । तर कम्युनिष्ट आन्दोलनको वाँकी ऐतिहासिक प्रक्रियागत कार्यभार पुरा गर्ने हैसियत राख्दैन । अर्थात समाज रुपान्तरणको माक्र्सवादी ऐतिहासिक भौतिकवादी प्रक्रियामा निर्णायक भुमिका खेल्न सक्दैन । यस्तो एकताले कालेकाले मिलेर खाउँ भाले सम्मको भौतिक धरातल त वनाउछ नै । तर उत्पीडित मैत्री उन्नत सामुहिक चेत र मनोविज्ञान सहीतको वैज्ञानिक समाजवाद स्थापना संभव हुँदैन, जुन कम्युनिष्ट पार्टीको न्यूनतम वटमलाइन हो ।