हिउँ परेपछिको पाथीभरा मन्दिर (तस्विरमा हेर्नुहोस्) प्रकाशित मिति : 1 March, 2023 8:57 pm पाथीभरा मन्दिर परिसर ताप्लेजुङ । पाथीभरा नेपालको एक प्रसिद्ध तीर्थस्थल हो । शक्तिकी स्वरुप देवीको आराधना गर्ने भक्तजनहरुका लागि महत्वपूर्ण धार्मिकस्थल पाथीभरा मन्दिर पूर्वी हिमाली जिल्ला ताप्लेजुङमा पर्दछ ।विश्वास एवं आस्थाकी देवी पाथीभराको यो पवित्रस्थल समुद्री सतहबाट ३७९४ मिटर उचाईमा अवस्थित छ । यो मन्दिर अन्न भरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पहाडको शिखरमा छ ।पवित्र मनले चिताएको पूरा हुने विश्वास गरिएकाले यस मन्दिरमा वर्षभरि दर्शनार्थी एवम् भक्तजनको घुइँचो लाग्ने गर्दछ ।यस मन्दिरबाट विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमशिखर कञ्चनजंघासहित पूर्वि नेपालका धेरै हिमश्रृंखलाहरुको अवलोकन गर्न सकिन्छ ।यस क्षेत्रमा करिव २५ प्रजातिका लालीगुँरास पाइन्छन् । पाथीभरा क्षेत्रमा पाइने विभिन्न प्रकारका जडीबुटी, चराचुरुङ्गी र वन्यजन्तुहरुले यस क्षेत्रको जैविकतालाई झल्काउँछन् ।यो क्षेत्र विश्वबाट लोपोन्मुख रेडपाण्डाको वासस्थान हो । पाथीभरा क्षेत्रको सुन्दरतामा डाँफे, मुनाल जस्ता चराहरूले थप सौन्दर्यता थपेका छन् । बाह्रै महिना पाथीभराको दर्शन गर्न सकिन्छ ।असोज, कात्तिक, मङ्सिर महिना र चैत्र, वैशाख, जेठ महिनामा तिर्थालुहरुको अत्याधिक भीड हुने गर्छ ।आईतबार पाथीभरा क्षेत्रको काफ्लेपाटी, माथिल्लो फेदी, तेस्रो तथा पाथीभरा मन्दिरमा परेको हिउँ मंगलबार सम्म पनि बिलि सकेको छैन ।पाथिभरा क्षेत्रमा यो वर्ष पहिलो पटक हिउँ परेकाले हिउँमा रमाउनेहरुको घुँईचो लागेको छ ।तस्विरमा हेर्नुहोस् । पाथीभरा मन्दिर परिसर पाथीभरा मन्दिर परिसर पाथीभरा मन्दिर परिसर पाथीभरा मन्दिरको दर्शन गर्न मन्दिरतर्फ जाँदै तिर्थयात्रीहरु पाथीभरा मन्दिर परिसर पाथीभरा मन्दिर परिसर पाथीभरा मन्दिर परिसर पाथीभरा मन्दिरको प्रवेशद्धार बाहिर विश्रामस्थलमा आराम गर्दै तिर्थ यात्री पाथीभरा मन्दिर परिसर तिर्थयात्रीहरु पाथीभर मन्दिरको दर्शन पछि फर्किदै तिर्थयात्री कान्छिथानमा दर्शनार्थी तस्विरहरु: एलिना दियाली