लिम्बू चलचित्र कस्तो हुनु पर्दर्छ ? बिषयक कार्यशाला गोष्ठी शुरु प्रकाशित मिति : 21 June, 2019 11:48 am ललितपुर, ६ असार । याक्थुङ मुनचइत चोक सयङको आयोजनामा लिम्बू चलचित्र कस्तो हुनु पर्दछ लिम्बू चलचित्र रु राम्रो चलचित्र बनाउन के गर्नु पर्छ रु आदि जिज्ञासाहरु मेटाउन विहिबारदेखि चुम्लुङहिम ललितपुरमा कार्यशाला गोष्ठी शुरु भएको छ । चलचित्र बिकाश बोर्डको सहयोगमा एकहप्ते लिम्बू चलचित्र लेखन कार्यशाला गोष्ठी शुरु भएको हो । बोर्डका अध्यक्ष केशब भट्टराईको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन भएको थियोे । कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृतबहादुर सुनुवार, लिम्बू साँस्कृतिक परिषदका केन्द्रीय अध्यक्ष गोबिन्द आङबुङ, चलचित्र निर्माता संघका वरिष्ठ उपाध्यक्ष चलचित्र निर्देशक उदय सुब्बा विशेष अतिथि रहेको थियो । कार्यशाला गोष्ठीमा लिम्बू चलचित्र सम्बन्धी न्युनतम मापदण्ड९मानक०हरु को बारेमा पनि वृहत छलफल हुनेछ् । कार्यक्रममा चलचित्र निर्देशक उदय सुब्बा, चलचित्र निर्देशक बिनोद सेरेङ, चलचित्र निर्देशक सागर सुब्बा, गीतकार मिना सिङगक, कवि चन्द्र योङ्या, विक्रम वनेम, गोविन्द आङबुङ, पत्रकार मिलन लिम्बू लगायतले आफ्ना बिचार राखेका थिए । असार ११ गतेसम्म चल्ने गोष्ठीमा सागर केरुङ, रवि सेर्मा, बबिता फोम्बो, दिनेश माङमु र विक्रम वनेम र लोकेन साँवाको संयुक्त संयोजन तथा वरिष्ठ चलचित्र समिक्षक तथा लेखक अनुप सुवेदीको प्रशिक्षणमा २० जना चलचित्रकर्मीहरुले उक्त कार्यशालामा सहभागिता जनाएका छन् । ।