अब अवैध रूपमा नेपाल भित्रिएका मोबाइल नचल्ने प्रकाशित मिति : 19 June, 2019 8:00 am काठमाडौं ४ असार / अवैध रूपमा नेपाल भित्रिएका मोबाइल फोन ६ महिनापछि नचल्ने भएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल फोन अवैध आयात नियन्त्रण गर्ने प्रणाली ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडीएमएस) जडान र सञ्चालन गर्न कम्पनी छनोट गरेको छ। योसँगै अवैधरूपमा आयात हुने मोबाइल फोन रोकिने भएको छ । प्राधिकरणले अवैधरूपमा नेपाल भित्रिने मोबाइल फोनको नियन्त्रण प्रणाली जडानका लागि न्युमेरा ९एम० एसडीएन बीएचडी मलेसिया, ओएसआई कन्सल्टिङ प्रालि र नमस्ते ग्लोबल कम प्रालि सिंगापुरको ज्वाइन्ट भेन्चर कम्पनीलाई जिम्मा दिएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा रञ्जहरि कोइरालाले यो खबर लेखेका छन्।