११७ वर्षीया बाटुलीको जीवन कथा

काठमाडौं, ३० बैसाख । छोरालाई डोकोमा बोकी सिन्धुपाल्चोकको बाँसबारी गिरानचौरबाट हिंडेर बाटुली लामिछानेले नुवाकोट बसाई सरेको ७१ वर्ष पुग्यो ।

त्यतिबेला उनले ४५ टेकेको थियो । चार छोरामध्ये तीन छोरा र एक छोरीको अकालमा मृत्यु भएपछि विरक्तिएकी बाटुली एक मात्र छोरालाई जसरी पनि बचाउने सोचमा थिए । त्यसैले सिन्धुपाल्चोबाट नुवाकोट जिल्लाको ककनी–८ स्थित थानसिङ्गमा आफन्तकोमा आश्रय लिन पुगे ।

अहिले ११७ वर्ष टकेकी बाटुलीले शनिवार उनकै निवासमा आयोजित सम्मान कार्यक्रममा आफ्ना दुःखका विगत सुनाए । तोतेबोलीमा मुश्किलले आफ्ना विगत सुनाउँदै भनिन्, ‘आफन्तले सानो छाप्रो बनाएर बसाइको बन्दोबस्त मिलाए ।

त्यही छाप्रोमा बाँचेको ‘धनमाथिको रातीगेडी’ एक छोरालाई दुःखका साथ हुर्काएँ ।’ उनका पाँचौँ पुस्ता नुवाकोटको ककनीमा हुर्किंदै गर्दा बाटुलीलाई हेर्न र आर्शिवाद लिन भन्दै कयौ मानिस थानसिङ्ग पुग्छन् । गोरखापत्र दैनिकमा यो समाचार प्रकाशित गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्