पायल्स भएका बिरामीले के गर्ने, के नगर्ने ? प्रकाशित मिति : 13 May, 2019 7:04 am काठमाडौँ बैशाख ३०/ पायल्स भएमा हरेक दिन शारीरिक व्यायाम गर्ने। नियमित रुपमा योग गर्ने, प्रशस्त पानी पिउने। हरियो सागपात काँचै खाने, दैनिक रुपमा फलफूल खाने। यो जानकारी आजको नयाँ पत्रिका दैनिकले छापेको छ। खानासँग मुला, काँक्रो र गाँजर खाने। नरिवल, अनार, स्याउजस्ता फलफूल अधिक मात्रामा खाने। पायल्स भएका विराममीले चिल्लो, पिरो, तथा मसला बढी भएको माछा मासु नखाने।पायल्स भएको पक्का भयो भने बासी खानेकुरा, कालो दाल, अदुवा, अमिलो, चना, आलु, पुरानो अचार, रेडिमेड खानेकुरा, चिया, कफी, चुरोट तथा रक्सीजस्ता चिज उपभोग नगर्ने। पायल्सका बिरामीले हप्तामा एकपटक आवश्यकताअनुसार पेट सफा गर्ने।खानेकुरा खाँदा एकदम कम र हल्का खाने। शरीरले पचाउने गरी मात्रै खानुपर्छ।