बालुवाटारको जग्गा काण्ड,यस्तो आयो अख्तियारको छानबिन प्रकाशित मिति : 26 April, 2019 6:53 am काठमाडौं बैशाख १३,/ प्रधानमन्त्री र प्रधानन्यायाधीशभित्रको जग्गा कांग्रेसका संस्थापक नेता सुवर्णशमशेर राणाका हकदारका नाममा रहेको पाइएको छ। ३४ रोपनी १३ आना २ पैसामा फैलिएको प्रधानमन्त्री निवासभित्रको ३ रोपनी १० आना र १४ रोपनी १० आनामा रहेको प्रधानन्यायाधीश निवासभित्रको २ रोपनी १४ आना जग्गा व्यक्तिको नाममा दर्ता छ। अख्तियारको प्रारम्भिक छानबिनका क्रममा त्यो जग्गा सुवर्णशमशेरका हकदार रुक्मशमशेर, सुनीति राणा र शैलजा राणाका नाममा रहेको पाइएको हो। जग्गा २०२१ सालमा सरकारले प्रतिरोपनी ५ हजार रुपैयाँका दरले मुआब्जा दिई कानुनबमोजिम अधिग्रहण गरेको २८४ रोपनी १४ आना ३ दाम क्षेत्रफलभित्रै पर्छ। आजको कान्तिपुर दैनिकमा बलराम बानियाँ र घनश्याम खड्काले यो खबर लेखेका छन्।