काठमाडौँमा १३ हजारसँग लाइसेन्सप्राप्त हतियार प्रकाशित मिति : 18 April, 2019 7:03 am काठमाडौँ बैशाख ५, / काठमाडौँमा १३ हजार व्यक्तिले लाइसेन्स लिएर हतियार राखेका छन् । तर, ती हरियार नवीकरण भए–नभएको र को–कोसँग छ भन्ने सरकारी निकायलाई नै जानकारी छैन । सरकारले १० वर्षसम्म पनि व्यक्तिसँग भएका निजी हतियारको लगत संकलन गर्न नसकेको हो । जुनसुकै जिल्लाबाट हतियार नविकरण गर्न मिल्ने कानुन भएकाले पनि विवरण संकलनमा कठिनाइ भएको छ । यस्तै, नविकरण नभएका हतियारारे प्रशासनलाई जानकारी नहुने भएकाले अवैध रुपमा हतियार राख्ने बढिरहेका छन् । आजको नयाँ पत्रिका दैनिकमा यो समाचार छापिएको छ ।