यी हुन बालुवाटारको जग्गा हडप्न पर्खालै सार्ने निर्वाचन आयुक्त प्रकाशित मिति : 17 April, 2019 7:18 am काठमाडौं ४ ,बैशाख / निर्वाचन आयुक्त सुधीरकुमार शाहसमेत ललिता निवासको जग्गा अतिक्रमणमा संलग्न रहेको देखिएको छ।पूर्वसचिव त्रिताल समितिको प्रतिवेदनअनुसार भक्तपुरका तत्कालीन मालपोत अधिकृत शाहले २०४९ मा ललिता निवासको २ रोपनी जग्गा श्रीमती उर्मिलाका नाममा खरिद गरेका थिए। उक्त जग्गा पहिला प्रधानमन्त्री निवास परिसरभित्र थियो। निर्वाचन आयुक्त सुधीर शाह २०५४ मा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको पालमा निजी सचिव भएका शाहले जग्गा बाहिर पारेर बालुवाटारको कम्पाउन्डवाल लगाउन लगाएका थिए। उनले पछि ‘भूमाफिया’ शोभाकान्त ढकाल र अधिवक्ता रामकुमार सुवेदीमार्फत जग्गा बिक्री गरेको स्रोतले बतायो। शाहले जग्गा २०६१ सालमा बेचेका थिए। उनीमाथिसमेत कारबाही गर्नुपर्ने त्रिताल समितिको प्रतिवेदनमा छ। बलराम बानियाँले आजको कान्तिपुर दैनिकमा यो खबर लेखेका छन्।