देशैभरीका शिक्षकलाई फेसबुक, ट्वीटर, इमो, भाइबर चलाउन प्रतिवन्ध प्रकाशित मिति : 3 November, 2018 7:22 am काठमाडौ कार्तिक १७ , / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, कर्मचारी र विश्वविद्यालयका प्राध्यापकलाई सामाजिक सञ्जाल र मोबाइल फोन प्रयोगमा अंकुश लगाएको छ। मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत ‘सामाजिक सञ्जाल र मोबाइल फोन सञ्चालन तथा प्रयोगसम्बन्धी मार्गनिर्देशन २०७५’ मार्फत् मन्त्रालयले फेसबुक, ट्वीटर, इमो, भाइबरजस्ता सामाजिक सञ्जाल आफूखुसी प्रयोग गर्न रोक लगाएको हो। कात्तिक ६ गते स्वीकृत ६ बुँदे मार्गनिर्देशन तत्काल लागू हुने भनिएको छ। जसमा कार्यालयको खर्चमा भ्रमण गर्ने व्यक्तिले व्यक्तिगत रुपमा खिचिएको धार्मिक स्थल, बाटो, तालतलैया वा भ्रमण गरिएका स्थानको तस्बिरसमते सामाजिक सञ्जालमा राख्न नपाइने उल्लेख छ। त्यस्तै कुनै कार्यक्रम भइरहेको समयमा सहभागीले मोवाइल फोन प्रयोग गरी अनावश्यक फोटो खिच्न नपाइने भनिएको छ। आजको कान्तिपुर दैनिकमा सुदीप कैनीले यो खबर लेखेका छन्।