नेपाल इन्जिनियरिङ कलेजमा विवाद, अन्योलमा विद्यार्थी र अभिभावक प्रकाशित मिति : 25 August, 2018 8:47 am काठमाडौ भदौ ९,/ भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा सञ्चालकको विवाद सतहमै छताछुल्ल भएको छ। यसै शैक्षिक सत्रमा भर्नाको विषयलाई लिएर झन् विवाद उत्कर्षमा पुगेको हो। भर्नाका लागि लिएको प्रवेश परिक्षापछि उत्तीर्ण विद्यार्थीलाई नगद दस्तुर तिरी भर्ना हुन र बैंक खातामा जम्मा नगर्न पत्रपत्रिकामार्फत विज्ञापन भएकाले उनीहरू अन्योलमा परेका हुन्। कलेज सञ्चालक रहेका दीपक भट्टराई समूहले ‘नगद ल्याऊ’ भन्ने कलेजका कार्यकारी अध्यक्ष लम्बोदर न्यौपानेले उत्तीर्ण विद्यार्थीलाई ‘नगद तिरे जवाफदेही नहुने’ भन्दै खातामा जम्मा गर्न पत्रपत्रिकामा विज्ञापन प्रकाशन गरेबाट विद्यार्थी र अभिभावक भर्ना हुन अन्योलमा परेका छन । ‘छोराछोरीको नाम त निस्कियो तर भर्ना हुन के गर्नेरु भनेर अन्योलमा परेका छौं,’ अभिभावकले गुनासो गरेका छन् । दुवै पक्षको विवाद रहे पनि दुवै पक्षले प्रोस्पेक्टसमा भने लम्बोदर न्यौपानेलाई नै अध्यक्ष राखेका छन्। भक्तपुर जिल्लाको चाँगुनारायणमा अवस्थित र नेपालको निजी क्षेत्रबाट स्थापना भएको पहिलो र निजी क्षेत्रको सबैभन्दा ठूलो इन्जिनियरिङ कलेज २०५१ सालमा सात जना शिक्षाप्रेमीबाट सुरु भएको हो। यो कलेजमा यिनै सात जनाको लगानी हालसम्म पनि रहेको छ । हाल कलेजका सञ्चालकमा लम्बोदर न्यौपाने, सूर्यबहादुर केसी, रामरत्न उपाध्याय, लवराज भट्टराई, डा। उपेन्द्र गौतम, हरि पाण्डे र सलिल भट्टराई रहेका छन्। सलिल भट्टराई संस्थापकमध्येका एक दीपक भट्टराईका छोरा हुन्, पूर्वसंस्थापक सदस्य रहेका उनले आफ्नो सट्टामा छोरा सलिल भट्टराई सञ्चालक सदस्य बनाएका थिए । सञ्चालक समितिकै केही सदस्यले कलेजको स्वामित्व हत्याउने नियत राखेकाले अहिलेको विवाद देखिएको स्रोतको भनाइ छ।आजको राजधानी दैनिकमा यो खबर छापेको छ।