प्रशासनले संयमता गुमायो : कञ्चनपुरमा प्रहरीको गोलीले १७ वर्षीय किशोरको मृत्यु

काठमाडौं ९ भदौ, / १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न वास्तविक दोषीलाई सार्वजनिक गर्न माग गर्दै शुक्रबार महेन्द्रनगरमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक किशोरको मृत्यु भएको छ।


भिमदत्त नगरपालिका १८ सालघारीका १७ वर्षीय सन्नु खुनाको मृत्यु भएको हो। स्थानीय चम्मनचोक क्षेत्रमा भएको झडपमा उनलाई प्रहरीको गोली लागेको थियो।

बिहीबार प्रहरीको गालीले चार युवा घाइते भएपछि स्थानीयबासी थप आक्रोसित भएका थिए ।

शुक्रबार विहान पानी परेकाले दिउँसोबाट मात्रै आन्दोलन सुरु भएको थियो। शुक्रबार पनि प्रहरी संयमित बन्न सकेन, गोली नै चलायो। घटनापछि स्थानीय प्रशासनले शुक्रबार राती ८ बजेदेखि अनिश्चितकालिन कफ्र्यु जारी गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा यो खबर मोहन विष्टले लेखेका छन्।


प्रतिक्रिया दिनुहोस्