तेस्रो ठूलो दल राजपाले अझै संसदीय दलको नेता पाएन

असार ३०, काठमाडौं / प्रतिनिधिसभाको तेस्रो ठूलो दल राष्ट्रिय जनता पार्टी ९राजपा० ले संसदीय दलको नेता पाउन सकेको छैन ।

शुक्रबार बसेको अध्यक्ष मण्डलको बैठकले ३ दिनसम्म सहमतिका लागि भन्दै म्याद थप गरेको छ ।
अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सहमतिका लागि ३ दिन म्याद थप गर्ने प्रस्ताव गरेपछि सहमति जनाएको बताए ।

राजपाले आज ९शनिबार० संसदीय दलको नेता चयन गर्ने जनाएको थियो । आजको नेपाल समाचारपत्रमा समाचार प्रकाशित गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्