सौराहाका निजि हात्तीहरुलाई साङ्गलो मुक्त (चेन फ्रि)गर्ने अभियान सुरु

राजेन्द्र आचार्य
चितवन / पर्यटकीय नगरी सौराहा क्षेत्रमा रहेका निजि हात्तीहरुलाई साङ्गलो मुक्त (चेन फ्रि) गर्ने अभियान सुरु भएको छ ।नेपालमा नै पहिलो चितवन राष्ट्रिय निकुञ्ज भित्रका सबै हात्तीलाई २०७१ सालबाट सुरु भएको चेन फ्रि मुक्त गर्ने अभियान फेरि हाल आएर निजि क्षेत्रमा समेत पालीएका हात्तीहरुलाई साङ्गलो मुक्त (चेन फ्रि) गर्ने अभियान सुरु भएको छ ।

जनावरमैत्री पर्यटकीय क्षेत्र सौराहा भन्ने पहिचान दिलाउन ६० बर्षिया अमेरिकी नागरिक डोना मार्सलको पहलमा सपना भिलेजको ४ वटा हात्तीलाई साङ्गलो मुक्त (चेन फ्रि) गरि अभियानको सुरु गरेको सपना भिलेजका प्रबन्ध निर्देशक धुव्र गिरीले जानकारी दिए ।
हात्तीको स्वभाव एकै ठाउँ बसिरहने भन्दा हिड्ने डुल्ने गरिरहने हुन्छ ।

आफ्नो स्वभाव अनुसार घुमफिर गर्न पाउन भन्ने उद्धेश्यले यस्तो हात्तीसार बनाएको सपना जनाएको छ । सिक्रीमुक्त हात्तीहरु विद्युतीय तारबारले घेरिएको क्षेत्रभित्र घुम्ने डुल्ने गर्छन् । टहरो मुनी सिक्रीमा बाँधिएर एकै ठाउँ बस्नु पर्ने बाध्यता उनीहरुलाई छैन् । झण्डै डेढ विद्या क्षेत्रफल जग्गामा विद्युतीय तारबार गरेर सवै हात्तीको खुट्टामा रहेको सिक्री झिकिएको हो ।

हात्तीसारलाई बिशेष ढंगले सौर्य उर्जावाट बिद्युत प्रवाह हुने गरी तारवार गरी हात्तीलाई बाधिएको साङ्लो फुकाईएको सपना भिलेजकी सञ्चालिका बर्षा पुरीले बताईन् । सपना भिलेजमा रहेका सम्रराटगज नाम गरेको साढे चार बर्षिय हात्तीको साङ्लो खोलेर ‘चेन फ्रि’ अभियानको थालनी गरिएको हो ।
यस किसिमको बिशेष तारवारलाई कोराल फिनिसिङ मोडल भनिने प्रबन्ध निर्देश क गिरीले बताए । सधैंभरी बाधिएर बस्नाले हात्ती तनावमा आई बेलाबखत दुर्घटना समेत हुने गरेकोमा अब त्यस्को न्युनिकरण हुने उनले बिश्वास ब्यक्त गरे । ‘स्वतन्त्र रुपले बस्न पांउदा हात्ती खुसी हुने पाइएको छ, जस्ले गर्दा माउते र हात्ती बिचको सम्वन्ध पनि सुमधुर बन्न जान्छ ’ गिरीले भने ‘ बाधिरहंदा उसले तनाव र हैरान महसुस गरेर आक्रमण समेत गर्ने गर्दछ ।’ हात्ती बाठो जनावार मानिन्छ ।

हात्ती एक पटक निस्कन खोज्दा तारमा रहेको बिद्युतीय झड्काले तर्सिएर अर्कोपटक देखि स्वतः तार नाघेर वाहिर निस्कन नचाहाने उनको दावी छ ।

डाईरेट एड नेपाल नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा सौराहाको निजि क्षेत्रको हात्तीमा कोराल फिनिसिङ गरिएको हो । सो संस्थाले झण्डै १५ लाख नेपाली रुपैयाको लागतमा निर्माण गरिएको जनाएको छ । त्यसमा झण्डै जग्गा र कारोला निर्माणमा बस्ने र खाने व्यवस्था सपना भिलेजले आफ्नो तर्फवाट खर्चिएको छ । संस्थाकी डोना मार्सलले निकुञ्जमा यो कार्य सफलता पाएपछि नेपालमा पहिलोपटक निजि हात्तीहरुमा यसको अभ्यास गरिएको र अत्यन्त लाभदायी हुने । हात्तीको संरक्षणमा दुई दशक लामो अनुभव रहेको भन्दै संरक्षण नयाँ सफलता मिल्ने बताईन् ।
अब देखि नियमित रुपमै हात्तीसारमा हात्ती स्वतन्त्र ढंगले बिचरण गर्न पाउने भए, माउतेलाई हात्तीलाई बश मै पारिरहन पनि मद्धत पुग्दछ ’–उनले भनिन् । चतुर र बुद्धिमानी प्राणी भएकाले यसपाट वाली, सम्पती र ज्यान जोगाउन संसारभरी कुनै एउटै तरिकाक टिकीरहन नसक्ने मान्यता पाईन्छ ।
सौराहामा निजि क्षेत्रमा ६५ वटा हात्तीहरु रहेका छन् । संस्था क्रमिसग सबै हात्तीलाई चेन फ्रि गरिनेछ । नेपालमा हाल १०७ देखि १४५ वटा सम्म रैथाने हात्तीहरु रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जमा जंगली हात्तीको संख्या १७ वटा रहेको अनुमान गरिन्छ । यसअघि ईलेफेण्ट एड ईन्टरनेश्नलले निकुञ्जमा चेन फ्रि गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्