फेरि छाउगोठमै फर्किए महिला ! प्रकाशित मिति : 26 June, 2018 7:17 am चौकुने गाउँपालिका ६ भावरकी अनीता शर्मा स्थानीय विद्यालयमा १२ कक्षामा अध्ययनरत छिन् । तीन बर्षअघि विवाह गरेर भाबर आएकी शर्मालाई महिनावारी हुँदा छाउगोठमा बस्नुअघि भन्ने राम्रोसँग जानकारी छ । तर देउता रिसाउने डरले उनी महिनावारी भएका बेला पाँच दिनसम्म छाउगोठमा सुत्न बाध्य छिन् । छाउगोठमा सुत्दा पाँच दिन पाँच बर्षजस्तो लाग्छ, उनले भनिन्, खुल्ला र एकान्त ठाउँमा बनाईएको सानो झुपडीमा रात विताउनुपर्दाको पीडा शब्दमा व्यक्त गर्न सकिँदैन । भाबरका ५३ घरधुरीमा महिनावारी हुने महिलाको संख्या अहिले ९० को हाराहारीमा छ ।, आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।