पाँच महिनामा साढे चार लाख पर्यटक प्रकाशित मिति : 22 June, 2018 7:16 am काठमाडौँ / सन् २०१८ को पहिलो पाँच महिनासम्ममा हवाई मार्ग हुँदै साढे चार लाखभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएअनुसार गत जनवरीदेखि मे महिनाभित्र चार लाख ५४ हजार आठ सय ५५ पर्यटक नेपाल आए थिए । यो भनेको गत बर्षको अवधिको दाँजोमा १२.५ प्रतिशतले बढी हो ।, आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।