आँखा शिविरबाट तीन सय बढी लाभान्वित प्रकाशित मिति : 5 June, 2018 8:09 pm ताप्लेजुङ संबाददाता ताप्लेजुङ, २२ जेठ / ताप्लेजुङमा सञ्चालित दुई दिने आँखा शिविरमार्फत तीन सय बढी विरामी लाभाविन्त बनेका छन् । नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङले आइतबार र सोमबार दुई दिन सञ्चालन गरेको आँखा शिविरमा कुल तीन सय २६ जनाले उपचार गराएका छन् । तस्विर : अस्मिता पाण्डेको फेसबुकबाट शिविरमा ३४ जना आँखाका बिरामीको शल्यक्रिया समेत गरिएको डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रका इञ्चार्ज काजी गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार उक्त सङख्यामध्ये ३३ जनाको मोतियाबिन्दु र एक जनाको साधारण शल्यक्रिया गरिएको हो । शिविरमा धनकुटास्थित रामप्रसाद पोखरेल आँखा उपचार केन्द्रका डाक्टर नन्दा गुरुङ नेतृत्वको टोलीले आँखाका विरामीहरुको शल्यक्रिया साथै उपचार गरेको पनि उहाँले बताउनुभयो । तस्विर : अस्मिता पाण्डेको फेसबुकबाट यता वर्षायामको समय भएकोले आँखा रोगीको न्यून उपस्थिति हुने अनुमान गरिए पनि उल्लेख्य मात्रामा बिरामीले आँखा उपचार तथा परीक्षण गराएका आयोजक नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङका सभापति मुक्तिराज पौडेलले बताउनुभयो । आँखाका विरामीलाई प्रत्यक्ष लाभ पु¥याउने उद्देश्यले सङ्घले वर्षमा कम्तिमा दुई पटक सर्जिकल सेवासहितको शिविर सञ्चालन गर्दै आएको पनि पौडेलले जानकारी दिनुभयो ।