ईन्जिनियरलाई घुस खुवाएर दोस्रो किस्ता प्रकाशित मिति : 3 June, 2018 6:57 am काभ्रे / इन्जिनियरको बदमासीले काभ्रेको डाँडापारीमा घर नबनाइ दोस्रो किस्ताको लागि नाम निस्केको खुलासा भएको छ । जिल्लाको विकट क्षेत्र खानीखोला गाउँपालिका ४ डाँडागाउँमा घरै नबनाइ दोस्रो किस्ताको रकम निकासा भएको खुलेको हो । स्थानीयसँग पैसा लिएर दाश्रो किस्ताको लागि रकम निकासा गरिदिन्छु भन्दै वडा नम्बर ४ हेर्ने प्राविधिक हर्ष बमले एउटा घरको ५ देखि १० हजार रुपैयाँ घुस लिएर पास गरेको स्थानीयले बताएका छन् ।, आजको कारोबारमा यो समाचार छापिएको छ ।