श्रमिकको तलव सिधै बैंक खातामा प्रकाशित मिति : 29 May, 2018 7:23 am काठमाडौं / अबदेखि हरेक उद्योग, प्रतिष्ठानले श्रमिकको तलब नगदमा दिन नपाइने भएको छ । मन्त्रिपरिषद बैठकले श्रम नियमावली पास गर्दै श्रमिकले पाउने पारिश्रमिक जुनसुकै बैंक या वित्तीय संस्थामा अनिवार्य जम्मा गर्नुपर्ने व्यवस्था गरेको हो । उद्योग, प्रतिष्ठानमा काम गर्ने श्रमिकलाई नदग दिँदा सम्झौता अनुसार पारिश्रमिक पाउन नसकेको गुनासो रहेको बेला सरकारले उक्त व्यवस्था गरेको हो ।, आजको नागरिकमा यो खबर छापिएको छ ।