गर्भावस्थामा बाबुआमाले गरे एउटा गल्ती, टाउकोमा खाल्डो भएकी जन्मिन् छोरी

यी बालिकाको टाउकोमा ठूलो खाल्डो छ । दिमाग पनि पूरै विकसित भएको छैन । टाउको पछाडि सुन्निएको छ र आकार पनि निकै ठूलो छ । तीन महिनाकी यी बालिका जीवन र मृत्युको बीचमा जुधिरहेकी छिन् । यी बालिकाको यस्तो हाल उनका मातापिताले गर्भावस्थामा गरेको एक गल्तीका कारण भएको हो ।

यी बालिकाको जन्म कम्बोडियाको एक गाउँमा भएको हो । बालिकाको नाम अल नीथ हो । यी बालिकालाई एक दुर्लभ रोग लागेको छ । यी बालिकालाई एनिन्सेफली डिसअर्डर भएको छ । वंशाणुगत कारण र गर्भवतीको वरिपरिको वातावरणका कारण यो रोग हुन्छ ।

गर्भावस्थामा यी बालिकाका मातापिताले गर्भवतीको खानपानमा ध्यान नदिँदा यो समस्या भएको डाक्टरहरुले बताएका छन् । डाक्टरहरुका अनुसार महिलाको शरीरमा फलिक एसिड र भिटामिनको कमीका कारण यस्तो समस्या हुन्छ । यी बालिकाका आमाबाबुले ती कुराहरुमा ध्यान नदिँदा यस्तो भएको डाक्टरले बताएका छन् ।

-एजन्सी


प्रतिक्रिया दिनुहोस्