पत्रकार एवं साहित्यकार कृष्ण सेन‘ईच्छुकको सपनाहरु पूरा भएका छैनन’

जेष्ठ १३, बुटवल ।
पत्रकार एवं जनवादी साहित्यकार कृष्ण सेन ईच्छुकलाई स्मरण गर्दै बोल्ने वक्ताहरुले ईच्छुकका सपनाहरु पुरा नभएको बताएका छन् । क्रान्तिकारी पत्रकार संगठन लुम्बिनीले बुटवलमा आयोजना गरेको १६ औं स्मृर्ती दिवसका सन्दर्भमा चियापान तथा भेटघाट कार्यक्रममा बोल्ने वक्ताहरुले ईच्छुकले देखाएको बाटोमा अगाडी बढ्नुपर्नेमा जोड दिएका हुन् ।


कृष्ण सेन ईच्छुकको राजनीति, सामाज परिवर्तन, जनपक्षीय पत्रकारिता, सांस्कृतिक आन्दोलन तथा प्रगतिवादी साहित्यक क्षेत्रमा ईच्छुकले गरेको योगदानको चर्चा गर्दै कार्यक्रमका प्रमुख अतिथी नेपाल कम्युनिष्ट पार्टीका रुपन्देहीका जिल्ला ईन्चार्ज शरद ओलीले कृष्ण सेनलाई सम्झनुमात्रैले उहाँको सपना पुरा नहुनेमा जोड दिए । उनले आजको राजनीतिक परिवेशमा समेत कयौं पत्रकारहरुलाई स्वतन्त्रपूर्वक लेख्न र बोल्न प्रतिबद्ध रहेकोप्रति ईकिंत गर्दै कृष्ण सेनले आफ्नो समयमा क्रान्तिप्रति प्रतिबद्ध, ईमान्दार तथा सधै परिवर्तनको लागि बोलिरहेको चर्चा गरे । कार्यक्रममा बोल्ने बरिष्ठ अधिवक्ता तथा साहित्यकार दिल सहानीले कृष्ण सेनको हत्या खोजिको ाविषयबनाउनुपर्नेमा जोड दिए ।

त्यस्तै कार्यक्रममा नेकपा का नेता तेजेन्द्र केसी, नेपाल पत्रकार महासंघका पूर्व सभापति हरी लम्साल, नेपाल पत्रकार महासंघका अध्यक्ष यानेन्द्र जिसी, बरिष्ठ पत्रकार बालकृष्ण चापागाई, न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य पत्रकार दिपक ज्ञवाली, प्रेस युनियनका रुपन्देहीका सभापति विक्रम खड्का, पत्रकार महासंघका पूर्वसचिव रुद्रहरी कुँवर लगायतले कृष्ण सेन सबैको आदर्श व्यक्तित्व रहेको भन्दै उहाँको सपना पुरा गर्न पत्रकारहरुले आफ्नो कलमलाई जनमुखी बनाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा कृष्ण सेनको स्मृर्ती गर्दै तस्वीरमा माल्यार्पण समेत गरिएको थियो ।

१६ औं स्मृर्तिमा १६ मैन प्रज्वलन गरि उद्घाट गरिएको कार्यक्रमका अध्यक्षता गर्दै क्रान्तिकारी पत्रकार संगठनका लुम्बिनी संयोजक प्रकाश डुम्रेले पत्रकार कृष्ण सेन सबैको साझा पत्रकार तथा आर्दश रहेको बताउँदै राज्यसत्ताले जनपक्षीय पत्रकारका कलमहरुलाई प्रतिबन्ध लगाउन नहुने भन्दै पत्रकारिताको धार अझ बलियो बनाउनेतर्फ ध्यान दिन जरुरी रहेको बताए । कार्यक्रम पत्रकार शिव डुम्रेको सञ्चालन तथा पत्रकार खोमा तरामुको स्वागतमा सम्पन्न भएको हो । २०१३ सालमा जन्मनुभएका कृष्ण सेन ईच्छुकलाई जनादेश पत्रिकाको सम्पादक रहँदै गर्दा २०५९ साल जेष्ठ ६ गते गिरफ्तार गरी १३ गते हत्या गरिएको थियो । सेनको स्मृर्तीमा विभिन्न पत्रकार संघ संगठनहरुले स्मृर्ती दिवस मनाउँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्