रामेश श्रेष्ठको एकल साँस्कृतिक कार्यक्रम ” युगीन आवाज “को पत्रकार सम्मेलन सम्पन्न [भिडियो सहित]

अरुण पोष्ट संवाददाता

काठमाडौं, ११ जेठ / ११ औँ गणतन्त्र दिवसको अवसरमा सांस्कृतिक संस्थान र सार्थक जनसंगीत प्रतिष्ठानको आयोजनमा वरिष्ठ कलाकार रामेश श्रेष्ठकोे एकल साँस्कृतिक कार्यक्रम  ” युगीन आवाज ” को राष्ट्रिय नाचघर जमलमा पत्रकार सम्मेलन सम्पन्न भएको छ । कार्यक्रम सम्माननीय प्रधानमन्त्री के. पी. शर्मा ओली ज्युको प्रमुख आतिथ्यमा २०७५ जेठ १९ गते शनिवारका दिन ठिक दिनको ३ बजे सांस्कृतिक संस्थान ( रास्ट्रिय नाचघरमा ) हुने भएको हो ।

तस्विर: बि. पि. साम्याङखाम

विगत ५० बर्षदेखि जनताको पक्षमा गीत गाउदै आएका कलाकार रामेश श्रेष्ठलाई सो कार्यक्रममा अभिनन्दन गरिनेछ । कार्यक्रमको सांगीतिक संयोजन वरिष्ठ संगीतकार शुभबहादुर सुनामले गरेका छन भने झण्डै २५ जना बाद्यवादक तथा एक दर्जन कलाकारले कोरस गायनमा साथ दिएका छन् । गत जेठ ६ गते देखि सांस्कृतिक संस्थानमा सो कार्यक्रमको अभ्यास भइरहेको बताइएको छ ।

कार्यक्रमलाई सफल वनाउन काठमाण्डौं महानगरपालिकाले प्रायोजन र नेपाल कम्युष्टि पार्टी काठमाण्डौं जिल्ला कमिटीले प्रवद्र्धन गरिरहेको छ भने अन्य बिभिन्न संघ संस्थाले सहयोग गरिहेका छन् । कार्यक्रमलाई नेपाल टेलिभिजन, रेडियो नेपाल लगायत झण्डै आधा दर्जन अनलाइनहरुले मिडिया पार्टनरको भुमिका निर्वाह गररिरहेका छन् । कार्यक्रमको ध्वनी, प्रकाश, मञ्च ब्यावस्थापन लगायतका सम्पुर्ण कार्यहरुमा सांस्कृतिक संस्थानको उच्चस्तरीय प्राविधिक टोली क्रियाशिल रहेको जनाइएको छ ।

                                                                       -भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

 

 


प्रतिक्रिया दिनुहोस्