गर्मीमा बढ्छ रिस र स्ट्रेस, यसरी गर्नुस् नियन्त्रण प्रकाशित मिति : 24 May, 2018 8:34 pm काठमाडौं / जाडोको तुलनामा गर्मीमा दिमागमा भएको कार्टिसोल नामक स्ट्रेस हर्मोनहरू बढी चार्ज हुन्छन् । अनि त्यसको आगो रिसका रूपमा बाहिर निस्कन्छ । यसले गर्दा व्यक्ति स्ट्रेस र मूड डिसअर्डरको स्थितिमा पुग्छ । स्ट्रेसले मनलाई अशान्त, भावनालाई अस्थिर र शरीरलाई अस्वस्थ बनाउँछ । कार्यक्षमता र शारीरिक तथा मानसिक विकासमा पनि यसले असर पार्छ । मकै, ओखर र रसबरी जस्ता कुरालाई आहारको अंग बनाउनुस् । यी चीजमा ओमेगा–३ युक्त प्रोटीन र अमिनो एसिड हुन्छ जसले मूड ठीक गराउँछ । दिनभरिमा एकचोटि सुक्खा मेवा र फल अवश्य खानुस् । दूध, पनीर, दही र अण्डामा भिटामिन बी–१२ प्रशस्त हुन्छ । यसको कमीले स्ट्रेस स्तर बढ्ने हो । त्यसैले भिटामिन प्रचुर भएका खानेकुरा लिने गर्नुस् । मूड डिसअर्डर वा स्ट्रेसको स्थितिमा डार्क चकलेटको सानो टुक्रा मुखमा राख्नुस् । यसले खराब मूडलाई ठीक गर्छ । ओटमील, सनफ्लावरका दाना, सुन्तला, दाल र सोयाबीनले सेरोटोनिन हर्मोन बढाउन सहायता गर्छ । यो फील गूड हर्मोनले खुशी राख्न सहायता गर्छ । केरामा प्राकृतिक चिनी, कार्ब र पोटेसियम पर्याप्त मात्रामा हुन्छ । यो एक पर्फेक्ट ब्रेकफास्ट हो । यसको सेवनले चिन्ता कम गराउँछ । गर्मीमा कम्तीमा एउटा केरा अवश्य खानुस् । बिहान सबेरैको घाममा आधी घन्टा अवश्य बस्नुस् । यसले दिने भिटामिन डी पनि शरीरका लागि आवश्यक हुन्छ । परिवारसँग मिलेर कुनै इन्डोर गेम खेल्नुस् र हाँस्ने मौका नछोड्नुस् । ट्रेडमिल, साइक्लिङ, ध्यान र योगले पनि स्ट्रेस भगाउँछन् । -एजेन्सी