रेलमार्ग अध्यन गर्दै चिनियाँ टोली प्रकाशित मिति : 24 May, 2018 8:30 am काठमाडौं / केरुङ–काठमाडौं रेलमार्ग निर्माणका लागि सम्भाब्यता अध्यनको काम सुरु भएको छ । सम्भाब्यता अध्यन सुरु गर्न चिनियाँ प्राबिधिक टोली बुधबार रसुवागढी नाकासम्म आईपुगेको छ । काठमाडौंबाट मंगलबार स्थलगत अध्यन सुरु गरेको चिनियाँ टोली बुधबार रसुवागढी आई पुगेको हो । अहिले भईरहेको प्राबिधिक र भौगर्भिक अध्यन रेलमार्ग निर्माणको पूर्बसम्भाब्यता अध्यन भएको रेल बिभागका प्रबक्ता उपाध्यायले बताए । टोलीले काठमाडौंको टोखाबाट नुवाकोटको छहरे खरानीटार बिदुर हुँदै रसुवाको कालिकास्थान, राम्चे, धुन्चे स्याफ्रुबेसी र रसुवागढीसम्म बिभिन्न प्वाईन्टको अध्यन गरेको छ । केरुङ देखि काठमाडौंसम्म निकै जटिल किसिमको भौतिक अवस्था भएकोले यो टोलीले धेरै भौगर्भिक स्थितिको पनि अध्यन गरेको छ । टोलीमा भौगर्भिक सहजताका लागी रेखाकंन गर्ने इन्जिनियर पनि संगै छन् । चिनियाँ पक्षले यो आयोजनालाई बिश्वकै चुनौति मध्येको बताउँदै आएको छ ।, आजको कान्तिपुरको अग्र पृष्ठमा यो समाचार छापिएको छ ।