बोतल र जारका पानीमा जीवाणु भेटियो प्रकाशित मिति : 23 May, 2018 8:35 am काठमाडौं / शुद्ध पिउने पानी भनेर विक्री गरिने बोतल तथा जारको पानीम कोलिमर्फ र इकोली नामक जीवाणु भेटिएको छ । यी जीवाणु मानव मलमुत्रमा मात्रै पाईन्छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएल अन्र्तगतको पानी गुणस्तर महाशाखाले उपत्यकामा विभिन्न ठाउँमा विक्री गरिएका बोतल तथा जारका पानीको नमुना परीक्षण गर्दा यस्तो पाईएको हो । केयुकेएल पानी गुणस्तर महाशाखाका प्रमुख ज्ञोनेन्द्रबहादुर कार्कीले उपत्यकाका विभिन्न ठाउँमा विक्री गरिने बोतल र जारका पानीको नमुना परीक्षण गर्दा अधिकाशंमा कोलिफर्म र इकोली पाईएको जानकारी दिए ।, आजको गोरखापत्रमा यो खबर छापिएको छ ।