ताप्लेजुङमा बन्चरो प्रहारबाट एक युवा शक्त घाईते

अरुण पोष्ट संबाददाता

 

ताप्लेजुङ / ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ स्थित चाँगेमा बन्चरो प्रहारबाट एक युवा शक्त घाईते भएका छन् ।

घाईते हुनेमा सोही ठाउँका वर्ष ३५ का किशोर लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ । उनलाई सोही ठाउँका स्थानिय अन्दाजी ३५ वर्षिय डम्बर लिम्बुले सामान्य विवाद हुँदा सोमबार साँझ बन्चरो प्रहार गरेका थिए । घाईते लिम्बुको टाउकोमा गहिरो चोट लागेको छ । उनलाई बेलुकी नै उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङमा ल्याईए पनि यहाँ उपचार सम्भव नभए पछि आज विहान जिल्ला बाहिर रेफर गरिएको छ ।

बन्चरो प्रहार गर्नेलाई भने हिजो नै प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाका सम्वन्धमा अनुसन्धान भईरहेको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिनुभयो ।.

 


प्रतिक्रिया दिनुहोस्