अलिअलि एकताको झल्को आएपनि सारमा माओवादी एमालेकरण भएकै हो : युवा नेता लेखनाथ न्यौपाने

काठमाडौँ, ४ जेठ/ पूर्व माओवादी केन्द्रका युवा नेता लेखनाथ न्यौपानेले एमालेसँग एकतापछि बनेको नयाँ पार्टी माक्र्सवादी र लेनिनवादी दुबै नभएको आप्नो फेसबुक स्टाटसमा प्रष्ट पारेका छन् । उनले माओवादी केन्द्रको एमालेकरण भएको समेत बताएका छन् । एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी ‘अण्डरलाइन’को केन्द्रीय सदस्य समेत रहेका न्यौपानले रुपमा अलिअलि एकताको झल्को आएपनि सारमा र खासमा माओवादीको एमालेकरण नै भएको ठोकुवा गरेका छन् ।

                                                    तस्विर फेसबुकबाट

नयाँ पार्टीले खुशीयालीमा बालुवाटारमा रात्रिभोजका आयोजना गरेकै बेला न्यौपानेले फेसबुकमा एमालेबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन । उनले आफू भोजमा नगएको सार्वजनिक रुपमै भनेका छन। एकता चुनावी लाइन र राजनीतिक वंश एउटै भएकोले मिलन ठिकै भएपनि मुल रुपमा नयाँ पार्टी माक्र्सवादी र लेनिनवादी भन्दै न्यौपानेले लेखेका छन्, “हामी लेनिनवादी होइनौं किन लेनिनवाद लेख्ने, शास्त्रीय रूपमा हामी माक्र्सवादी पनि होइनौ तर नेपाली राजनीतिक बजारमा यो बिक्री हुने अझै सम्भावना बाँकी छ, यसकारण मार्क्सवाद लेख्ने कुरा सही ।”

न्यौपानले माओवादी केन्द्रभित्र केही मान्छेहरुको डरलाग्दा दादागिरी चलेको भन्दै अब पार्टी विधि र प्रक्रियामा चल्ने आशा गर्दै लेख्छन्, “माओवादीमा केही मान्छेहरूको यति डरलाग्दो दादागिरी थियो कि यसको अन्त्य खुसीको कुरा, अब पार्टी संस्थागत र विधिमा चल्छ भन्नेमा आशावादी ।

न्यौपानेको स्टाटस यस्तो छ 

चुनावी राजनीतिक लाइन एउटै भएका र एउटै वंशका दुई पार्टी मिल्ने कुरा सही इमान्दार हुँदा मात्रात्मक परिवर्तनबाट गुणात्मकतातिर पाइला चाल्न सकिन्छ एकता सही, माओवादीमा केही मान्छेहरूको यति डरलाग्दो दादागिरी थियो कि यसको अन्त्य खुसीको कुरा । अब पार्टी संस्थागत र विधिमा चल्छ भन्नेमा आशावादी । हामी लेनिनवादी होइनौं किन लेनिनवाद लेख्ने रु शास्त्रीय रूपमा हामी माक्र्सवादी पनि होइनौं तर नेपाली राजनीतिक बजारमा यो बिक्री हुने अझै सम्भावना बाँकी छ, यसकारण माक्र्सवाद लेख्ने कुरा सही । रूपमा अलिअलि एकताको झल्को आएपनि सारमा र खासमा माओवादीको एमालेकरण नै हो १

माओवादीलाई हाम्रो लाइनमा ल्याइयो भनेर भूपु एमालेजन नमात्तियौं, नयाँ क्रान्तिको दिशा भनेर भूपु माओवादीजन उत्ताउलो नबनौ
केन्द्रीय सदस्यको सपथ खाइयो तर वालुवाटारको रात्री भोजमा गइएन् ।


प्रतिक्रिया दिनुहोस्