वाइसिएलले सम्पुर्ण मातहतका कमिटीहरुलाई पुनरगठित पार्टी निर्माणमा लाग्न निर्देशन

काठमाडौं / योङ कम्युनिष्ट लीग नेपाल वाइसीएलले एमाले–माओवादी केन्द्रको पार्टी एकतालाई स्वागत गर्दै नेताहरुलाई धन्यवाद ज्ञापन गरेको छ । शुक्रबार एक बिज्ञप्ति जारी गर्दै धन्यवाद ज्ञापन गरेको हो ।वाइसीएल नेपलका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखा र महासचिव सुवोधराज शेर्पालीद्धारा जारी बिज्ञप्तिमा लेखिएको छ ‘नेपाली समाजको ऐतिहासिक आवश्यकता अनुसार २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना पश्चात विभिन्न कालखण्डमा टुटफुट र विभाजनको श्रृखला वेहोरेको कम्युनिष्ट पार्टी मुलत ने।क।पा।माओबादी केन्द्र०र नेकपा एमाले बिच बृहत एकता सम्पन्न भएको छ ।’

‘यस ऐतिहासिक एकतालाई हाम्रो संगठन योङ् कम्युनिष्ट लिग, नेपालको केन्द्रीय पदाधिकारी बैंठकले हार्दिक स्वागत गर्नुका साथै एकताको मुख्य नेतृत्व गर्नु हुने अध्यक्ष कमरेड पुष्प कमल दाहाल ‘प्रचण्ड’ र के।पी।शर्मा वली लगायत सम्पुर्ण नेता, कार्यकर्ता शुभेच्छुक एंव आम जनसमुदायहरु प्रति हार्दिक बधाई एंव धन्यवाद ज्ञापन गर्दछौं । नेपाल कम्युनिष्ट पार्टीको समाजवाद उन्मुख ‘जनताको जनवादको कार्यदिशा’ लाई दृढता पुर्वक कार्यन्वयनका गर्ने प्रतिवद्धता जाहेर गर्दै सम्पुर्ण मातहतका कमिटीहरुमा निर्देशन गर्दछौं कि– पुनगठित पार्टी निर्माणका लागि सबै कमिटीहरुमा युवा नेतृत्वको सकृय सहभागिता रहोस्’ बिज्ञप्तिमा उल्लेख गरिएको छ । बिज्ञप्तिको अन्त्यमा,
जनयुद्ध र जनआन्दोलनका शहीद,बेपत्ता,घाईते याद्धोहरुप्रति उच्च सम्मान व्यक्त गर्दै उहाँहरुका सपना साकार पार्ने दृढ संकल्प समेत गरेको छ ा


प्रतिक्रिया दिनुहोस्