बालुवाटार वार्ता’ पछि साँझ एमाले–माओवादीको छुट्टाछुट्टै बैठक

 काठमाण्डौं /  प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आआफ्नो पार्टीको उच्च निकायको बैठक डाँकेका छन्।एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टी स्थायी समितिको बैठक र प्रचण्डले पार्टी केन्द्रीय कार्यालय हेडक्वार्टरको विस्तारित बैठक बोलाएका हुन्।

फाइल तस्विर

दुई शीर्ष नेताबीच आज बालुवाटारमा भएको एकान्तवार्ता सफलताउन्मुख भएपछि दुबै पार्टीको उच्च निकायको बैठक आज साँझ ४ बजेका लागि डाकिएको हो।आजको बैठकबाट ओली र प्रचण्डले भोलि विहान ११ बजेका लागि एकता संयोजन समितिको बैठक बोलाउने निर्णय पनि गरेका छन्।


प्रतिक्रिया दिनुहोस्