“जाँदाजाँदै एसपी थापाले भने– सुरक्षा मजबुत बनाउन सफल भएँ प्रकाशित मिति : 13 May, 2018 7:25 pm चितवन / चितवनमा सुरक्षा व्यवस्था मजबुत बनाउन आफ्नो कार्यकाल सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरिक्षक दिपक थापाले दाबी गरेका छन् । “प्रहरी उपरिक्षक थापाले भने आमजनतामा शान्तिसुरक्षाको स्थिति मजबुत भइरहेको महशुस मात्र होइन दण्डहीनताको स्थितिमा सुधार भएको प्रस्टै छ” जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुखबाट विदा भई सुरक्षा सेवा निर्देशनालयमा सुरुवा भई जान लागेका थापाले आज कार्यालय परिसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अपराध नियन्त्रण, अनुसन्धान, स्थायी तथा अस्थायी प्रहरी विटहरुको स्थापना भवन निर्माण गरि जिल्लाको सुरक्षा मजबुत बनाउन सफल भएका समेत दावी गरे । मानवअधिकारको संरक्षण गर्दै गैरकामकारवाही र अपराधजन्य क्रियाकलाप नियन्त्रण गर्ने काम आफ्नो कार्यकालमा भएको र प्रबिधीमैत्री प्रहरी अनुसन्धान, प्रहरी हाम्रो टोलमा, प्रहरी मेरो साथि अभियानको निरन्तरता बाट सेबाग्राही सन्तुष्ट भएको उनले बताए । चितवनमा रहदाँ आफ्नो कार्यकालमा गुण्डागर्दी तथा लागु औषधजन्य अपराधमा कमी, भन्सार चोरी पैठारीमा कमी, ट्राफिक नियमको पालनामा प्रभावकारीता, चन्दा आतंक, टेलिफोन धम्की, कालोबजारीमा कमि, भुमाफिया र दलालहरुको अन्तय हुदै गएको र प्रहरी अनुसन्धानमा सुधार आएको उपरिक्षक थापाले बताए । आर्थिक बर्ष २०७४र७५ को हालसम्म उत्कृष्ट काम गर्ने १ सय ११ प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको र ११ जनालाई कारबाही गरिएको थापाले सो अवसरमा जानकारी दिए । आफ्नो कार्यकालमा ५ जनाले नियमावली अनुसार अवकास लिएको र १७ जनाले घरायसी कारण देखाई राजिनामा दिएको जानकारी गराए ।प्रहरीको क्षमता अभिवृद्धी गर्न ५ सय ४३ प्रहरीलाई तालिम दिइएको छ भने जिल्ला प्रहरी कार्यलयले यो अबधिभा अधिकांस मुद्धा फछ«यौट गरेको पनि उनले बताए । प्रहरी उपरिक्षक थापाले चितवनका सञ्चारकर्मीको खुलेर प्रशंसा गर्दै चितवनका मिडियाको साथ र सहयोग सधैँ रहने विश्वास व्यक्त गरेका थिए । आफ्नो कार्यकाल सफल हुनुमा मिडियाको पनि प्रशंसनिय भुमिका रहेको भन्दै खुसी व्यक्त गरे ।