स्थानियद्धारा तमोरमेवा जलविद्युत परियोजनाको क्षतिपूर्ति सुनिश्चित गर्न माग प्रकाशित मिति : 13 May, 2018 7:06 pm ताप्लेजुङ, बैशाख ३० गते / ताप्लेजुङमा निर्माण गर्न लागिएको तमोरमेवा आयोजना प्रभावित क्षेत्रका बासिन्दाले क्षतिपूर्तिको सुनिश्चित गर्न माग गरेका छन् । ठूलो आयोजना भएकाले ठूलै क्षति पु¥याउने भन्दै आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले क्षतिपूर्तिको सुनिश्चित हुनुपर्ने माग गरेका हुन् ।आइतबार फुङ्लिङ नगरपालिका १ स्थित हान्द्रुङ बजारमा स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आयोजना गरेको सार्वजनिक सुनुवाइमा स्थानीय बासिन्दाले आयोजनाबाट हुने क्षतिको आधारमा आयोजना सञ्चालकले क्षतिपूर्ति दिने व्यवस्थाको सुनिश्चित हुनुपर्ने बताएका छन् । स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनीको प्रस्तावमा गोरक्ष हाइड्रो पावर कम्पनी र जलविद्युत लगानी तथा विकास संस्थाले संयुक्त रुपमा निर्माण गर्ने एक सय २८ मेगावाट क्षमताको तमोरमेवा जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदनलाई अन्तिम रुप दिन सार्वजनिक सुनुवाइ आयोजना गरिएको हो ।उक्त कार्यक्रममा फुङ्लिङ नगरपालिका १ का स्थानीय दिलिप बरालले ठूलो आयोजना भएकाले यसले क्षति पनि ठूलै पु¥याउने हुँदा क्षतिपूर्तिको सुनिश्चित गर्नुपर्ने बताउनुभयो । बरालले आयोजनाका लागि बाँध र सुरुङ निर्माण गर्दा निक्कै ठूलो क्षति पुग्ने र थप क्षतिको जोखिम पनि बढाउने भएकाले सम्भावित क्षतिलाई समेत ध्यानमा राखी कम्पनीले क्षतिपूर्ति दिलाउनुपर्ने बताउनुभयो । यस्तै फुङ्लिङ नगरपालिकाकै स्थानीय लीला अधिकारीले आयोजनाको सुरुङ निर्माण गर्दा वातावरणमा प्रभाव पर्नुका साथै खानेपानी, सिँचाइको स्रोत सुक्ने, बोट बिरुवा मासिने र यस क्षेत्रमा रहेका धार्मिक संरचनाहरु ध्यस्त हुने हुँदा आयोजनाले उचित क्षतिपूर्तिसँगै संरचनाहरु बिग्रिएमा पुनःनिर्माण गरिदिनुपर्ने बताउनुभयो । उहाँले प्रभावित क्षेत्रका जनतालाई रोजगारीको समेत सुनिश्चित गर्नुपर्ने बताउनुभयो । त्यस्तै फुङ्लिङ वडा नं. २ का वडाध्यक्ष मोहन न्यौपानेले स्थानीय सरकारसँग समन्वय गरेर आयोजनाले काम गर्नुपर्ने बताउनुभयो । आयोजनासँग सहकार्य र समन्वय गरेर स्थानीय सरकार काम गर्न तयार रहेको साथै आयोजनालाई सहयोग गर्न पनि तयार रहेको न्यौपानेले बताउनुभयो । प्रभावित क्षेत्रका सर्वसाधारणलाई उचित क्षतिपूर्ति, रोजगारी लगायत सुविधा दिन आयोजना तयार हुनुपर्ने पनि उहाँले माग गर्नुभयो । यसैगरी कार्यक्रममा सहभागी प्रभावित क्षत्रेका सर्वसाधारणले आपूmहरुलाई निःशुल्क बिजुली उपलब्ध गराउनुपर्ने माग पनि गरेका छन् । यता आयोजना सञ्चालकका तर्फबाट स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडका प्रवन्धक सञ्चालक भानेन्द्रकुमार लिम्बूले सर्वसाधारणले उठाएको माग र सवालको जवाफ दिनुहुँदै नियमअनुसार सबै सुविधा प्रभावित क्षेत्रका सर्वसाधारणलाई उपलब्ध गराउने बताउनुभयो । निःशुल्क बिजुली भने आयोजना सञ्चालक कम्पनीले उपलब्ध गराउन नसक्ने बताउँदै विद्युत प्राधिकरणसँग केही सहुल्यत दरमा उपलब्ध गराउने विषयमा कम्पनीका तर्फबाट पहल गर्नसक्ने लिम्बूले बताउनुभयो । कार्यक्रममा उठेका अन्य विषयगत सवालमा स्पार्क हाइड्रो इलेक्ट्रिक तथा गोरक्ष हाइड्रो पावर कम्पनीका इन्जिनियर साथै प्रवन्ध निर्देशक लगायतका पदाधिकारीहरुले जवाफ दिएका थिए । आयोजना निर्माणको प्रक्रिया सुरु गरेको लामो समयपछि तमोरमेवा जलविद्युत आयोजना निर्माणको कार्यअघि बढ्ने गरी थप प्रक्रिया अघि बढाइएको निर्माण कम्पनीहरुले जनाएका छन् । मेवा र तमोर नदीको पानी उपयोग गरी निर्माण गर्न लागिएको आयोजनाका लागि कुल लगानी २२ अर्ब हुने जनाइएको छ । करिव नौ किलोमिटर दूरी बराबरको सुरुङ मार्गमार्फत उक्त विद्युत क्षमता उत्पादन गर्न लागिएको हो । सार्वजनिक सुनुवाईमा आयोजना प्रभावित क्षेत्र फुङ्लिङ नगरपालिका वडा नं. १, २, ३ र ९, मिक्वाखोला गाउँपालिका वडा नं. १, २ र ३ सविक खोक्लिङ र लिबाङ गाविस, मेरिङ्देन वडा नं. ३ र ४ साविक खाम्लुङ र लिङ्तेप गाविस तथा आठराई त्रिबेणी गाउँपालिका वडा नं. २, ३ र ५ साविक फुलबारी, हाङ्पाङ र चाँगे गाविसका सार्वसाधारणहरु सहभागी थिए । प्रयास लिम्बू