करेन्ट लागेर मृत्यु प्रकाशित मिति : 13 May, 2018 1:57 pm इनरुवा / सुनसरीको इटहरी उपमहानगरपालिका तीन तालतलैयामा करेन्ट लागेर आज बिहान स्थानीयवासी १४ वर्षीया मौसमी राईको मृत्यु भएको छ । फाइल तस्विर । पानी तान्नका लागि मोटर चलाउने क्रममा शनिबार करेन्ट लागेर गम्भीर घाइते भएकी राईको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।